I Have a Reason To Die को ट्रेलर र अडियो सार्वजनिक


model-sushmita-dhakal

Model Sushmita Dhakal

ग्ल्यामर नेपाल, काठमाडौ। ब्ल्याक पल मुभिज प्रा लि को व्यानरमा निर्माण भएको चलचित्र ‘आई ह्याव अ रिजन टु डाई’ले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गित संगीत (अडियो) सार्वजनिक गरेको छ। कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र संघका महासचिब प्रदीप कुमार उदय, रंगपत्रकार शान्ती प्रिय लगायतले संयुक्त रुपमा सो अडियो सार्वजनिक गरेका हुन्।
i-have-a-reson-to-die
बिक्रम थापाको निर्देशनमा तयार भएको उक्त चलचित्रमा कृष्ण पराजुली, सुस्मिता ढकाल र आशिष न्यौपाने लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ। कलेजमा अध्ययन गर्ने टिनएर्ज युवायुवतीको प्रेम सम्बन्ध, प्रेम पछिको अबस्था आदीलाई चलचित्रको मुख्य बिषय बस्तु बनाइएको छ। आगामी वैशाख १९ बाट चलचित्र सार्वजनिक प्रर्दशनमा आउने निर्माण पक्षले जानकारी दिएको छ। चलचित्रको बितरण को जिम्मा करण श्रेष्ठले लिएका छन्। केहि चलचित्रहरुको निर्माण गरिसकेका करण पछिल्लो समय चलचित्र बितरण ब्यबशायमा आफ्नो हात अगाडी बढाउन थालेका छन्दे। अरुण लुईटेल, निना थापा र राजु महर्जनले संयुक्त लगानीमारहेको चलचित्रको छायांकन निरज श्रेष्ठ र राजेश थापाले गरेका छन्। चलचित्रमा प्रतिक थापाको संगीत समेटीएको छ।

Watch Video >> I have a reason to die – First Look Trailer 

SUBSCRIBE 👉