सुरेन्द्र महर्जनको देश भक्ती भिडियो गीत


“वीर नेपालीहरूको शिर हो सगरमाथा, चार भञ्ज्याङ्ग हाम्रै हो गाउँछौ देशको गाथा, गाउँछौँ देशको गाथा” सुरेन्द्र महर्जनको देश भक्ती गीत सार्वजनिक भएको छ। गोल्डेन क्रियशनले आयोजना गरेको कार्यक्रममा नेपाल चलचित्र पत्रकार संधका अध्यक्ष शान्ती प्रियले गीतको म्युजिक भिडियो सार्वजनिक गरे। कार्यक्रममा शान्ति प्रिय, निर्देशक सरोज श्रेष्ठ, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार राम कार्की र गायक/लेखक सुरेन्द्र महर्जनले गीतका बारेमा केहि शब्दहरु पस्केका थिए।कार्यक्रमको संचालन रेडियो उद्घोषक तथा मोडल के. के अधिकारीले गरेका थिए।

surendra maharjan

नेपालको बारे लेखिएको नेपालीहरूको बारेमा लेखिएको नेपालीहरूले गर्नु पर्ने भावहरू व्यक्त गरिएको गीतमा गायक सुरेन्द्र महर्जन “अमर” को शब्द, राम कार्कीको संगीत छ। गीतमा विनिता घिमिरे, शान्ती कार्कीको साथै अन्यहरूको पनि स्वर रहेको छ।

म्युजिक भिडियोमा कलाकारहरू निराजन, रोशन, रिजन, सन्तोष आदिको अभिनय रहेको छ। राष्ट्रियता झल्काउने म्युजिक भिडियोमा कलाकारहरु भेषभूषामा सजिएर नेपाल र नेपाली सबै एक हुनु पर्नेमा जोड दिएका छन्। नेपाल रहे नेपाली रहने र देशकोलागि मर्छौ झुकाउन्नौ माथा भन्ने नारा बोकेको देश भक्तीको विषयमा लेखिएको अनि म्युजिक भिडियो पनि बिषय बस्तु सुहाउँदो रहेको छ। म्युजिक भिडियोको निर्देशन सरोज श्रेष्ठले गरेका हुन्।

SUBSCRIBE 👉