कोरियामा ‘कन्दरा’ ब्याण्डको लाइभ कन्सर्ट


विगत एक दशकदेखि सुषुप्त अवस्थामा रहेको ‘कन्दरा’ ब्याण्डको पुनरागमन प्रयासले उत्साहजनक गति लिन थालेको छ। भरखरै मात्र हङकङमा सफल लाइभ कन्सर्ट दिएर स्वदेश फर्किएको कन्दरा दक्षिण कोरियामा अर्को लाइभ कन्सर्ट दिन बिहिबार राती कोरियातर्फ प्रस्थान गरेको छ। कोरियाको सिओल तथा बुसानमा यही आईतबार तथा सोमबार लाइभ कन्सर्ट प्रस्तुत गर्न गायक विवेक श्रेष्ठको नेतृत्वमा कन्दरा ब्याण्ड त्यसतर्फ प्रस्थान गरेको हो।

Kandara Live in Korea 2016लामो समयको रिक्ततापछि पनि ‘हङकङ पोखरा’, तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘लेककी हे माया’ जस्ता लोकप्रिय गीतहरुले कन्दरालाई जिवन्तता दिइरहेको छ।आफ्नो पाँचौं एल्बमलाई आगामी फागुन महिनामा बजारमा ल्याउने जमर्को गरिरहेको कन्दराले यसको बजार व्यवस्थानको जिम्मा स्टेरियो रेकर्ड्सलाई दिएको छ।

कोरियाको कन्सर्टपछि स्वदेश फर्किएर कन्दराले एल्बमको विमोचन, काठमाडौंको कन्सर्ट तथा अन्य वैदेशिक सांगीतिक टूरलाई निरन्तरता दिने ब्याण्डका प्रवर्द्धक आशिष पराजुलीले बताएका छन्।

SUBSCRIBE 👉