चलचित्र ‘कबड्डी’ र यसको सिक्वेल ‘कबड्डी कबड्डी’बाट चर्चा कमाएका निर्देशक रामबाबु गुरुङले नयाँ चलचित्र ‘पुरानो डुंगा’ निर्देशन गर्ने भएका छन्। चलचित्र युनिटले निर्माण हुन लागेको नयाँ चलचित्रको जानकारी सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दियो। निर्देशक गुरुङले भने ‘डुंगा चलाएर जिबिका गुजारा चलाउने परिवारमा आउने बिबिध समस्यालाई चलचित्रले प्रस्तुत गर्ने छ। चलचित्रले पूर्ण रुपमा नेपालीपन प्रस्तुत गर्नेछ,’निर्देशक गुरुङले भने,‘अघिल्ला चलचित्रहरु भन्दा अझ राम्रो बन्ने आशा गरेको छु।’
कार्यक्रम मा बोल्दै अभिनेत्री प्रियंका जर्किले रामबाबु निर्देशित अघिल्लो फिल्म ‘कबड्डी कबड्डी’मा छोटो भूमिकामा देखिए पनि ‘पुरानो डुंगा’मा चाहिँ अलि लामो र राम्रो भूमिकामा आफु देखिने बताईन।
सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रको कथा रामबाबु र उपेन्द्र सुब्बाले लेखेका हुन्। रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार र धनबहादुर गुरुङ निर्माता रहने फिल्ममा बाल्मिकी पोखरेल र अर्जुन कार्की कार्यकारी निर्माता छन्। चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत र शैलेन्द्र डी कार्कीको छायांकन रहनेछ। चलचित्रमा माओत्से गुरुङ, दयाहाङ राई, प्रियका कार्की, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको अभिनय रहनेछ।
भिडियो हेर्नुहोस्