समाचार वाचक महेन्द्र रायमाझीको ‘मनोकांक्षा’ सार्बजनिक [म्युजिक भिडियो सहित]


रेडियो नेपालका अंग्रेजी समाचार वाचक सञ्चारकर्मी महेन्द्र रायमाझी दोस्रो एकल गीति संग्रह ‘मनोकांक्षा’ लिएर स्रोतामाझ आएका छन्। तीन वर्षअघि ‘यू एण्ड आई’ एल्बम सार्वजनिक गरेका गायक रायमाझीको ‘मनोकांक्षा’ लाई हालै गीतकार डा.नवराज लम्साल, सञ्चारकर्मी कृष्ण भट्टराई, गजलकार ललिजन रावल, संगीतकर्मी पर्सुराम रिजाल, टेलिभिजनकर्मी सहेन्द्र श्रेष्ठले काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गरेका छन्।

Mahendra Rayamjhiरेडियो नेपालको क्षेत्रीय प्रसारण धनकुटाबाट २०५५ सालमा एउटा लोकगीत रेकर्ड गरी गायक रायमाझीले आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए। उनी २०६२ सालमा रेडियो नेपालमा आयोजित आधुनिक गीत प्रतियोगितामा भाग लिएर उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए।

विमोचन समारोहमा एल्बमका दुई गीत ‘ठट्टा नगर’ तथा ‘तिमीलाई भुलेर म’ गीतको म्युजिक भिडियो पनि देखाईएको थियो। दुबै भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन्। ‘तिमीलाई भुलेर’ गीतमा नायिका गरिमा पन्तले अभिनय गरेकी छिन्।

रायमाझीले ‘मनोकांक्षा’ मा पाँच वटा गीत समावेश गरेका छन्। ठट्टा नगर मैयाँ, तिमीलाई भुलेर म, राम्री मात्रै हेर्छ यो नजर, भूइँचालो ल्यायो तिम्रो नजरले, नसक्छु म जूनतारा झार्न शीर्षकका गीत समावेश छन्। एल्बमका गीतमा डीपी खनालको एकल शब्द तथा शंकर थापा ‘स्माइल’ को एकल संगीत सुन्न सकिन्छ। एल्बममा आधुनिक, लोकआधुनिक र सेमी-पप शैलीका गीत समावेश छन् । एल्बमलाई भाइब्स क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

SUBSCRIBE 👉