भ्यालेन्टाइन डे ‘सम वान स्पेशल’ – म्युजिक भिडियो


‘भ्यालेन्टाइन डे’मा प्रेममा रमाउने जोडीको लागी उपहार भन्दै ‘सम वान स्पेशल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनीक गरिएको छ। युट्युव मार्फत उक्त गीत सार्वजनिक गरिएको हो। रोमान्टीक बाताबरणमा छायााकन गरिएको उक्त गीतमा मोडल हन्ट नेपालको उत्कृष्ट १० भित्र पर्न सफल तथा मस्ट पपुलर उपाधि बिजेता आसिस रौनियारको अभिनय रहेको छ।

some one specialरौनियारलाई लिड मोडलका रुपमा आसिका श्रेष्ठले साथ दिएकी छन्। उक्त गीतमा आसिस र आसिकाको अभिनयलाई अन्य केही कलाकारले पनि सिगार्ने काम गरेका छन्। भिडियो रवी मल्ल र फिरोज बस्नेतल निर्देशन गरेका हुन्।

सार्वजनिक गीतमा शब्द ,संगीत र स्वर रवी मल्ल र फिरोज बस्नेतको रहेको छ। भिडियो निकै आकर्षक बनेको छ। बिभिन्न फेसन शोको मोडलिङ हुादै अभिनयमा प्रवेश गरेका मोडल रौनियारको यो डेब्यु भिडियो हो। मोडलिङ हाुदै अभिनयमा डेब्यु गरेका रौनियरको चलचित्र अभिनयमा छाउने रहर छ। त्यसका लागी आफुले अभिनयका लागी आवश्यक बिभिन्न प्रशिक्षण समेत सुरु गरेको बताए।

SUBSCRIBE 👉