स्वर्ण पदक विजेता नेपाली फुटबल टिमलाई धुर्मुस-सुन्तलीले गरे नगदसहित सम्मान


dhurmus-suntali
२३ वर्ष पछि इतिहास रच्दै साउथ एसियन गेम्समा स्वर्ण पदक जित्न सफल भएका नेपाली फुटबल टोलीलाइ धुर्मुस सुन्तली फाउण्डेसनले नगदसहित सम्मान गरेको छ। फुटबल खेलाडीले सारा नेपालीलाई गौरवान्वित तुल्याएको खुशियालीमा फाउण्डेशनले २ लाख रुपैँया नगदसहित कदरपत्रले सम्मान गरेका हो। भारत विरुद्धको फाइनल खेलमा विजय हाँसील गरि स्वदेश फर्किएका खेलाडीहरुलाई धुर्मुस सुन्तलीले आफ्नै कार्यालयमा एक कार्यक्रमका विच सम्मान गरेका हुन्।

ओरालो लागेको नेपाली फुटबल खेल साउथ एसियन गेम्स (साग)मा उपाधी जितेसँगै नवयूगमा प्रवेश गरेकाले खेलाडीलाई थप हौसला दिनका लागि सम्मान गरीएको धुर्मुस सुन्तलीले बताएका छन्। हाँस्य कलाकारहरुले गरेको सम्मानले आफुहरुलाई निकै उत्साह थपीएको फुटबल खेलाडी नवयुग र विकेशले प्रतिक्रिया दिएका छन्।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉