नाई नभन्नु ल ४ को शिर्ष गीतमा पल र वर्षा देखिए रोमान्टिक


Paul Shah and Barsha Raut | Nai Nabhannu La 4

Paul Shah and Barsha Raut | Nai Nabhannu La 4

विकास आचार्य निर्देशित बहु प्रतिक्षित चलचित्र ‘नाई नभन्नू ल ४’ को शिर्ष गीत सार्बजनिक भएको छ। बर्षा राउत र पल शाहलाई फिचरिङ गरिएको गीतमा राजेश पायल राई र रजिना रिमालको स्वर रहेको छ। यसै चलचित्रबाट पल र बर्षाले नेपाली चलचित्रनगरीको यात्रा सयर गर्न लागेका हुन्यो। चलचित्रको ‘मैनाराजा मैनारानी’ र ‘चियाकफी’बोलको भिडियो गीत केहि समय अघि नै सार्बजनिक भई सकेको छ। कबिराज गहतराजले कोरियोग्राफी रहेको गीतको शब्द निर्देशक स्वयंले लेखेका हुन्।

निर्देशक आचार्य कै कथामा बनेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत छ। चलचित्रमा दिनेश पोखरेल र हरिबोल भण्डारीले लगानी गरेका छन्। चलचित्रमा पल र बर्षा सहित प्रियंका कार्की, अनुभब रेग्मी लगायतका कलाकारको अभिनय छ।

SUBSCRIBE 👉