धुर्मुसको जोडीलाई पुत्री लाभ


dhurmus-suntali-new-baby-born-1ग्ल्यामर नेपाल, काठमाडौं । चर्चित हास्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को जोडीलाई पुत्री लाभ भएको छ। शुक्रबार बिहान नर्भिक अस्पतालमा कुञ्जनाले छोरी जन्माएकी हुन्। डाक्टरले चैत्र १५ गते डेलिभरी डेट दिए पनि आजै सुन्तली आमा बनेकी हुन्।

डेलिभरी डेटभन्दा चाँडै जन्मिएपनि बच्चा पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ। सिजेरियन गरेर बच्चा निकालिएको थियो। सन्तान जन्मिएपछि बाबु सितारामले निकै खुशी व्यक्त गरेका छन्। उनीहरुको यो पहिलो सन्तान हो।

टेलिफिल्म ‘मेरी बास्सै’मा निकै हिट भएपछि २०६५ साल मंसिर १४ गते सिताराम र कुञ्जना विवाह बन्धनमा बाँधिएका थिए । यो जोडी भर्सनटाइल कलाकारको रुपमा परिचित छन्।
dhurmus-suntali-new-baby-born

SUBSCRIBE 👉