किरणको ‘मस्की मस्की’मा पुन: पल र निशाको मायाप्रिती


paul-shah-nishaगायक किरण इजम लिम्बुको ‘मस्की मस्की’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। उनको दोश्रो एल्बम ‘ओझेल’मा समावेश यो गीतको भिडियोमा मोडल पल शाह र निशा लिम्बुले अभिनय गरेका छन्।

सार्बजनिक गीतको भिडियोमा पलले निशालाई आफ्नो प्रेममा पार्नका लागि गरेको संघर्ष र अन्त्यमा, कसरी निशा पलको हुन्छिन् ? भिडियोमा देखाउन खोजिएको छ।

किरणको यसअघि सार्वजनिक भिडियो गीत ‘नयनभरी’मा पनि पल र निशालाई नै फ़िचरिङ्ग गरिएको थियो। सो भिडियोलाइ हालसम्म युट्यूबमा पााचलाख भन्दा बढी पटक हेरिसकिएको छ। ‘मस्की मस्की’को निर्देशन र सम्पादन पनि ‘नयनभरी’ कै निर्देशक विज्ञान राईले गरेका हुन्।

सुन्दा र हेर्दा उस्तै रमाईलो लाग्ने यो गीतको शब्द र संगीत गायक जेनिश लामाको हो। भिडियोको छायांकन ज्ञानेन्द्र शेर्माले गरेका हुन्।

SUBSCRIBE 👉