नेपाल्स फेश अफ द इयर २०१६ मा ४६ जना युवायुवतीको प्रतिस्पर्धा


nepals-face-of-the-year-2016
रिवन इन्टरटेनमेन्ट प्रालिले मोडलहरुको उत्पादन तथा युवायुवतीमा अन्र्तनिहीत प्रतिभा उजागरका लागि गत वर्षदेखि शुरु गरेको सौन्दर्य प्रतियोगिता नेपाल्स फेश अफ द इयर यस वर्ष पनि आयोजना गर्ने भएको छ।

आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार युवायुवातीको व्यक्तित्व तथा आत्मविश्वासको विकासका लागि दोस्रो संस्करणस्वरुप नेपाल्स फेश अफ द इयर २०१६ को आयोजना गर्न लागेको हो। यो प्रतियोगितामा सहभागी युवायुवतीले विभिन्न अवसरसमेत हासिल गर्ने झाले बताए। आगामी चैत ६ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगिताको अन्तिम स्पर्धामा कुल ४६ जना युवायुवती (२० युवती र १६ युवा)ले स्पर्धा गर्ने उनले जानकारी गराएका छन्।

बलिउडबाट कोरियोग्राफीको तालिम पूरा गरी दर्जनौं नेपाली सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफी गर्दै आएका अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धाको तयारीस्वरुप सहभागी युवायुवतीहरुले विभिन्न विधाको प्रशिक्षण लिइरहेका छन्।

यसअन्तर्गत प्रतिस्पर्धी युवायुवतीहरुले अन्तराष्ट्रिय मोडलिङ वर्कशपका साथ व्यक्तित्व विकास, सौन्दर्यको विकास, सौन्दर्यसम्बन्धी ज्ञान, ग्रुमिङ, टेबल म्यानर, एयर होस्टेज तालिम, कला, नृत्य, चित्रकला, नेतृत्व विकासलगायतको कक्षा पाइरहेका छन्। प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले विभिन्न अन्तराष्ट्रिय मञ्चमा अवसरसमेत प्राप्त गर्ने आयोजक निशु झाले बताए।

SUBSCRIBE 👉