सैनिक बन्दै सुरज सिं ठकुरी, चलचित्र ‘सयपत्री’ घोषणा


suraj-singh-thakuri-sayapatri-movieराजधानीमा सेना प्रमुख राजेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा चलचित्र ‘सयपत्री’को औपचारिक घोषणा गरिएको छ। आर्मी पृष्ठभुमिमा कथाबस्तुमा केन्द्रित रहने यो चलचित्रलाइ निर्देशक सुदिप भुपाल सिंह “बब्बी” ले निर्देशन गर्नेछन्। सिंहले यस अघि चलचित्र “माला” निर्देशन गरेका थिय। चलचित्रमा सुनिल कुमार श्रेष्ठले लगानी गरेका छन्।

चलचित्रको घोषणा समारोहमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी र आकांक्षा कार्की सहित चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती थियो। कार्यक्रममा चलचित्रको फष्ट लुक समेत सेना प्रमुख क्षेत्रीले सार्बजनिक गरे।

suraj-singh-thakuri-sayapatri-movie-1निर्देशक बब्बीका अनुसार प्रेम, रोमान्स र द्वन्दको मिश्रित रुप चलचित्र ‘सयपत्री’ हुनेछ। चलचित्रका अभिनेता सुरज र अभिनेत्री आकांक्षाले पनि आफुहरु दुबै सैनिक परिवारको सदस्य रहेको भन्दै सोही बिषयमा बन्न लागेको फिल्मलाई लिएर उत्साहित भएको बताए। कार्यक्रममा बोल्दै सुरजले भने “रियल लाईफमा सैनिक बन्न प्रयाश गर्दा २ पटक फेल भए, सैनिक ड्रेस लगाउने मेरो ठुलो सपना थियो, तर रिल लाइफमा भएपनि यो अबसर पाएको छु, धेरै खुशी छु।”

चलचित्रमा सुरज सिंह लगायत आकंक्षा कार्की र सन्दीप क्षेत्रीको पनि मुख्य भुमिका रहने छ। चेतन सापकोटाको संगीत रहेको यस चलचित्रमा सुरज सिंह कै पटकथा छ। चलचित्रको छाँयाकन यही चैत्र २० गते देखि सुरु हुने निर्माण युनिटले जानकारी दिएको छ।

SUBSCRIBE 👉