शम्भुले सार्वजनिक गरे स्वरान्तर


Albam Out
शम्भु महर्जनको एकल स्वर रहेको एल्बम स्वरान्तर सार्वजनिक गरिएको छ । शनिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा संगीत तथा नाट्य प्रतिष्ठानका कुलपती सरुभक्त, गीतकार दुर्गालाल श्रेष्ठ ,संगीतज्ञ धनबहादुर गोपाली , संगीतकार जुगल ढंगोललगायतले एल्बम सामुहीक सार्वजनिक गरे ।

कार्यक्रममा कुलपती सरुभत्तले पछिल्लो समय गीत संगीतको ब्यवसाय धरासही हुँदै गएको बताउदै यसलाई श्रष्ठाहरुले बचाउनु पर्ने बेला आएको बताए । उनले एल्बम स्वरान्तर नाम जस्तै भएको प्रसंसा गर्दै एल्बमले संगीतको बजारलाई टेवा पुर्याउने धारणा अगाडी सारे ।

कार्यक्रममा गीतकार दुर्गा लाल श्रेष्ठ ,संगीतज्ञ धनबहादुर गोपाली ,संगीतकार जुगल ढंगोललगायतले एल्बम सफलताको लागी शुभकामना दिए । जुगल डंगोलको एकल संगीत रहेको एल्बममा डा ।कृष्णहरी बराल, उमेश पौडेल, सुनिल संगम, दुर्गालाल श्रेष्ठ, धनश्याम श्रेष्ठको शब्द रहेको छ ।

SUBSCRIBE 👉