मुख्य पात्र लुकाईएको ‘झुम्की’को पहिलो पोस्टर सार्बजनिक


चलचित्र ‘दासढुङ्गा’ र ‘ऋतु’ का निर्माता अपिल विष्टको पहिलो निर्देशन चलचित्र ‘झुम्की’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्बजनिक पोस्टरमा रिष्मा गुरुङ्, दयाहाङ् राई र मनोज आर सीलाई फ़िचरिङ्ग गरिएको छ। चलचित्रको ‘झुम्की’ भनेर चिनाइएकी अर्की अभिनेत्री मलिना जोशी भने पहिलो पोस्टरमा देखिएकी छैनन्।

Nepali Movie Jhumkee First look Posterनिर्देशक अपिलले पहिलो पोस्टरमा तीन जना चरित्रलाई मात्र परिचय गराउने र फिल्मको दोस्रो पोस्टरमा मलिना लगायतका अन्य पात्रहरूलाई पनि सार्वजनिक गर्ने योजना रहेको बताए।

आगामी भदौ ९ गते प्रदर्शनको तयारीमा रहेको झुम्की’मा दया, मलिना, रिश्मा तथा मनोज आरसीका अलावा मनोज रविन्द्र सिंह बाँनिया, प्रमोद अग्रहरी, भोलाराज सापकोटा, विजय बराल आदिको अभिनय छ। चलचित्रको कथा कबड्डी निर्देशक रामबाबु गुरुङले लेखेका हुन्शै भने चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायाँकन र अष्ट महर्जनको द्वन्द निर्देशन रहेको छ।

SUBSCRIBE 👉