रन वे फेशन हाउसले किन्यो फिल्म ‘प्रेम गीत’को ओभरसिज राइटस्


रनवे फेसन हाउसले फिल्म ‘प्रेमगीत’को ओभरसिज राइट लिएको छ। फेसन र मोडलिङ क्षेत्रमा कार्यरत संस्था रनवे फेसन हाउसले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै, फिल्मको ओभरसिज बिजनेस शुरु गरेको हो। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको तर्फ बाट आशुसेन फिल्मस्का अध्यक्ष तथा निर्माता सन्तोष सेन र रनवे फेसन हाउसका तर्फबाट अध्यक्ष सुवाससिंह ठकुरी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने प्रदिप खड्का र पूजा शर्मा लिड रोलमा छन्।

Runway-Fashion-House-Prem-Geet-1

Photo: Rujwal Pradhan

फेसन हाउसका अध्यक्ष ठकुरीले फिल्मलाई सिंगापुर, मलेशिया, थाईल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, न्यूजिल्याण्ड, युएई, कतार, बहराईन, ओमान, कोरिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, भारत, यूकेमा र आशुसेन फिल्मको व्यवस्थापनमा अमेरिका, हङकङ, यूके, अष्ट्रेलिया, भारत र युरोपको देशहरुमा प्रदर्शन गरिनेछ। फिल्मको ओभरसिज प्रदर्शन सिङ्गापुरबाट शुरु हुने भएको छ।

‘आगामी दिनमा नेपाली फिल्महरुलाई विदेशी बजारमा प्रबर्द्धन / प्रदर्शन गर्न हाम्रो कामले निरन्तरता पाइरहने प्रतिवद्धता जनाउछौं, – ठकुरीले भने,’हामीले ओभरसिज राइटको अवधारणालाई विकास गरेर अझ विस्तृत रुपमा लैजादा त्यसको फाइदा समग्र नेपाली फिल्म उद्योगलाई नै हुनेमा विश्वास लिएका छौं। ओभरसिज राइट्समार्फत नेपाली कला, संस्कृतिलाई विदेशमा चिनाउन मद्धत पुगोस् भन्ने चाहना हो।’

Runway-Fashion-House-Prem-Geet-2

Photo: Maheswor Man Singh

आशुसेन फिल्मस्का तर्फबाट अध्यक्ष तथा निर्माता सेनले आफ्नो सोचले बनाएको फिल्म सफल भएकोमा खुशी लागेको बताए। ‘जुन सोचले मैले फिल्म बनाउने योजना बनाएको थिए, आज आएर पुरा भयो, मेरो लक्ष्य भनेको अन्तर्राष्ट्रियस्तरको नेपाली फिल्म बनाउने हो,’उनले भने,’अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको बजार विस्तारका लागि यो टिमअप हो। आशा छ, स्वदेशमा जस्तै विदेशमा पनि दर्शकले फिल्म रुचाउनुहुनेछ।’

रनवे फेसन हाउसले नेपालमा ‘मोडल अफ द इयर’ र ‘रनवे फेशन विक शो’ जस्तो प्रतिष्ठित फेसन इभेन्ट आयोजना गरिसकेको छ भने यसले इभेन्ट मेनेजमेन्टको काम पनि गर्दै आएको छ। सुवास विगत छ वर्षदेखि र्‍याम्प मोडलिङ क्षेत्रमा सक्रिय छन्। उनले सन् २०११ मा सम्पन्न पेरिस, फिलिपिन्सको फेशन शोमा उपस्थिति जनाईसकेका छन्।

SUBSCRIBE 👉