सायद २ : छायांकन सुरु नहुदै रिलिज मिती सार्वजनिक


सुनिल रावलले निर्माण गर्न लागेको पछिल्लो चलचित्र सायद २को रिलिज मिति समेत सार्वजनिक गरिएको छ । नयाँ बर्ष बाट छायांकन सुरु गरिने चलचित्र ‘सायद २’लाई २०७३ साल मङ्सिर ३ रिलिज गरिने भएको छ ।Sayad-2-News

चलचित्रमा सन्ध्या केसी, सुशिल श्रेष्ठ, अमित ढुङगाना , निशा कार्की,कुशल पाण्डे,सुनिल रावल लगायतको मुख्य भूमिका रहने छ । दुर्गिस फिल्मस्को ब्यानरमा यसअघि सायद,होस्टेल र होस्टेल रिटर्न्स जस्ता सफल चलचित्र निर्माण भैसकेको छ ।चलचित्रमा इश्वर श्रेष्ठ ,सुवाश लामिछाने निर्माता तथा हेमदेव गौतम सहायक निर्माता रहने छन् ।

यसअघि तिन सफल चलचित्र बजारमा ल्याइसकेको यो ब्यानरमा बन्न लागेको यो चलचित्र छायांकनमा नजादै प्रतिक्षीत् बनिसकेको छ । सायद २लाई पुष्पराज न्यौपानेले निर्देशन गर्दैछन ।

SUBSCRIBE 👉