‘नोभेम्बर रेन’ले मनायो होली । सारियो प्रदर्शन मिति


Namrata-Aryan-celebrating-holiग्ल्यामर नेपाल, काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘नोभेम्बर रेन’ युनिटले शनिबार होली मनाएको छ। होली एक दिन अगावै युनिटले पत्रकारहरुसँग रंग छ्यापाछ्याप गरेको हो । होली मनाउनु केही बेर अगाडी फिल्मको रिलिज डेट सारिएको जानकारी दिइएको थियो। चैत्र १४ गते रिलिज हुने भनिएको यो फिल्म अब वैशाख १२ गते प्रदर्शन हुने भएको छ। प्राविधिक कारण एक महिना ढिला रिलिज गर्नुपरेको निर्देशक राउतले जानकारी दिए। सुटिङ सुरु हुँदो भ्यालेन्टाइन डेमा रिलिज गर्ने घोषणा गरिएको थियो। तर निर्माताहरुबीच कुरा नमिल्दा फिल्म अलपत्र परेको बताइएको छ। अब वैशाख १२ गते रिलिज भयो भने ‘कबड्डी’सँग भिडन्त हुने भएको छ। ‘कबड्डी’मा दयाहाङ राई र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ।

फिल्मको प्राबिधिक काम अझै नसकिएको, नायक आर्यन सिग्देल अरु फिल्ममा व्यस्त भएको र निर्माता सुवास गिरी मलेसियाबाट नेपाल आउन नसकेकोले फिल्म रिलिज मिति सार्नु परेको निर्देशक राउतले बताए। उता, निर्मातासमेत रहेका आर्यनले भने आफू यो स्थानसम्म आइपुग्न पत्रकारहरुको योगदान रहेको भन्दै खुशी पार्ने प्रयास गरेका थिए। पत्रकारहरुलाई रंग लगाइदिदै उनले भने, ‘तपाईहरुकै कारण म यहाँसम्म आइपुगेको छु। मेरो लगानी रहेको नोभेम्बर रेनलाई पनि सहयोग गरिदिनु हुन्छ भन्नेमा ढुक्क छु।’ उता, अभिनेत्रीद्वय अभिनेत्री नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ फिल्म राम्रो बनेकोले सफल हुनेमा आशावादी देखिए। छुल्ठिमले यही फिल्म आफ्नो पहिलो र अन्तिम फिल्म भएको पनि घोषणा गरिन्।

Movie November Rain Team Celebrating Holi

Click Here To View Photo Gallery

SUBSCRIBE 👉