रेखा थापाको ‘राम प्यारी’ विवादमा


फिल्म ‘राम प्यारी’ मा रेखा थापाले गेरु वस्त्र पहिरिएकी छन् । थाइ कट कपालमा हातमा रुद्राक्ष लिएर रेखाले लगाएको गेरुवस्त्रधारी अवतारलाई लिएर शिव सेना नेपालले आपत्ती जनाएको हो । आफुलाई उक्त धार्मिक संगठनले दिएको धम्कीपूर्ण आपत्ती बारे रेखा स्वयम्ले खुलासा गरेकी हुन् ।Rekha-News

‘हिन्दु धार्मिक संगठनबाट कारवाही सम्मको चेतावनी आएको छ’ रेखाले भनेकी छन्, ‘फिल्म हेरेर प्रक्रिया अगाडी बढाउनुस् भनेको छु । रेखाका अनुसार शिव सेनाले आफ्नो धार्मिक वस्त्रको अपमान गरेको ठहर गर्दै यो आपत्तकी जनाएको हो ।

तर, फिल्ममा आपत्तीजनक तरिकाले गेरु वस्त्रलाई प्रयोग नगरिएको विश्वस्त पार्न खोजेकी छन् । रेखा भन्छिन्, ‘म पनि हिन्दू धर्ममा विश्वास गर्छु । मैंले आफ्नो धर्मको अपमान गरे जस्तो लाग्दैन । यदि त्यस्तो लाग्छ भने फिल्म हेरेर प्रक्रिया अगाडी बढाउनु होला ।

रेखा महिला टेम्पु चालक भएको फिल्म ‘राम प्यारी’ चैत २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । सविर श्रेष्ठले निर्देशन गरेको रेखाको फिल्ममा उनीसँगै सविन श्रेष्ठ, आश्मा डिसी र आभाष अधिकारीको अभिनय रहेको छ ।

SUBSCRIBE 👉