छ महिना पछी सर्यो छविराजको ‘किस्मत २’ !


प्राय दशैँमा रेखा थापाको मात्र चलचित्र रिलीजमा आउछ तर यो पटक भने उनैका पुर्ब पती छविराज ओझाको नयाँ चलचित्र ‘किस्मत २’ रिलीजमा आउने भएको छ । छबिराज प्रोडक्सन ब्यानरमा निर्मित यो चलचित्र असोज २१ बाट प्रदर्शनमा आउने छ ।Silpa-And-Chabi

मंगलबार राजधानीमा चलचित्रको वितरण गोपाल कायस्थ र राजधानी बाहिरको एफडी कम्पनीका प्रमुख नरेन्द्र महर्जनले चलचित्र असोज २१ बाट प्रदर्शनको लागि सहमति गरेका हुन् ।

ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रमा शिल्पा पोखरेल, किशोर खतिवडा, पृथ्वीराज प्रसारई ,सन्तोष पन्त, सपना श्रेष्ठ, रश्मि भट्ट ,सुशान्त श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । साप्यिराज तिमिल्सिनाको लेखन रहेको यो चलचित्रमा मदन कस्य घिमिरेको छयांकन, चन्द्र पन्तको द्धन्द, र अर्जुन पोखरेलको संगीत रहेको छ ।

SUBSCRIBE 👉