अभिनेत्री करिष्मा निवाशमा होलिको भब्य रमझम


choreographer-jayan-subba-and-acterss-karishma-manadharग्ल्यामर नेपाल, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवासमा कलाकारका तथा रंगपत्रकारहरुले यस वर्षको होलि भव्यता मानेका छन्। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वको अवसरमा बिगतका बर्ष झै यो वर्ष पनि करिष्मा दम्पतीले सेलिब्रिटीहरु भेला गराएर होलिको शुभकामना आदान प्रदान गरे। के नयाँ, के पुराना? के हिट, के फ्लब ? सबै कलाकारले करिष्मा निवासमा धुमधामसंग होली मनाएका छन्। करिष्माको निवासमा दिनभर नै होली कार्यक्रम चल्यो। बिषेश खानपिनको ब्यबस्था समेत राम्रो भएको करिष्मा निवासमा सेलीब्रेटी जाने आउनेको दोहोरो लस्करे लागेको थियो।

होली कार्यक्रममा भरि करिष्मा निकै व्यस्त भईन। अभिनेत्री करिष्माले भनिन् ‘ सबै साथीहरुसंग आत्मीए भेटघाटको रुपमा होली आयोजना गरेकी हु।’ होलीको दिनमा उनको श्रीमान बिनोद मानन्धरको जन्मदिन पनि भएकोले आफ्ना लागी यो दिन बिषेश दिन भएको उनले सुनाइन्। कार्यक्रममा केक काटेर बिनोद मानन्धरको जन्म दिनपनि मनाईएको थियो।

अभिनेत्री मेलिना मानन्धर आफ्नो अभिनेता पति मुकेश ढकाल र छोरीसहित होलीमा सरिक भएकी थिइन्। गतबर्ष पनि यी दम्पतीले सहभागी जनाएका थिए। अभिनयबाट हराएका अभिनेता दिलीप रायमाझी पनि श्रीमती सहित होलीमा सहभागी थिए। कार्यक्रमको मध्य भागमा पुगेका अभिनेता शिब श्रेष्ठले हतारो मुडमा थिए । यहाको होली अबिष्मरणीय भएकोले केही क्षेणका लागी भए पनि आफु आएको बताए। ‘करिष्मा दिदीको घरमा होली खेल्नुको बिषेश आनन्द आउछ ‘गायीका सुनिता दुलाले भनिन् ,’यहा धेरै समय देखि भेट नभएको साथी भाइ लगायत सबै कलाकर्मीसंग भेट्ने अवसर मिल्छ ‘ करिश्मा दिदीको घरको होलीमा आफु बिगतका बर्षदेखिदै लोभिएको उनले बताईन। श्रीमान् सहित कार्यक्रममा सहभागी उषा खड्गीले भनिन “मनको धित मर्नेगरि साथीभाइसंग होली खेल्न पाइने भएकोले पनि आफु गोदावरीसम्म आई पुगेकी हुँ।” कार्यक्रमको मध्यान्तर तिर पुगेका नायक राजेश हमालले बिनोद मानन्धरलाई जन्म दिनको शुभकामना दिंदै करिश्मा लगाएतका अन्य नायिकाहरु संग कम्मर मर्काउन समेत भ्याए।

करिष्मा निवासको होलीमा राजेश हमाल, नन्दिता केसी, शुष्मा कार्की, अशोक शर्मा, सुदर्शन थापा, उकेश दाहाल, हालै अमेरीकाबाट फर्किएकी गौरी मल्ल, रमेश उप्रेती, सञ्चीता लुइटेल, शिब श्रेष्ठ, अर्जुन श्रेष्ठ, सबिन श्रेष्ठ, लक्ष्मी बस्नेत, सौजन्य सुब्बा, उमा बेबी, अरुणीमा लम्साल, हास्य कलाकार दम रुपाखेती, निर्मल शर्मा, निर्माता प्रदिप कुमार उदय लगायत अधिकाम्स सेलिब्रटीे होली कार्यक्रममा उपस्थित थिए।

CLICK HERE TO VIEW MORE PICTURE OF CELEBRATING HOLI at Karishma Manandhar’s Home

SUBSCRIBE 👉