रीमा चन्द्रमुखी बनेपछि पछिपछि आयुब र प्रसन्न ! ( भिडीयो )


चन्द्रमुखी बोलको गीतको भिडियो भिडीयो सार्बजनिक भएको छ । राज गोपालीले स्वर रहेको गीतमा कोशिश क्षेत्रीको संगीत रहेको छ भने किरण माइकलको शब्द छ ।rima

सार्बजनिक गीतको भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् । रीमा बिश्वकर्मा, आयुब केसी र प्रसन्न गोपालीको अभिनय रहेको भिडियो निकै आकर्षक बनेको छ ।

करिब आठ बर्षको उमेर देखी भजन गायन तथा अन्य गीतहरुमा आफ्नो आवाज दिदै आएका गायक राज गोपाली एउटा सम्भावना बोकेका गायक हुन् । ललित कला क्याम्पस बाट संगीतमा स्नातक गरेका उनले नेपाल भाषाका गीतहरुमा समेत आवाज दिएका छन ।

SUBSCRIBE 👉