बाटो मुनीको फूल २ मा दोहोरो भूमिकामा छन् त यस कुमार ?


जातिय छुवाछुत प्रथामा आधारीत ‘बाटो मुनीको फूल २’ बैसाख १० गतेबाट रिलीजमा आउने चलचित्र हो । चलाचित्रको ट्रेलर केहिसमय अघि सार्वजनिक समेत गरिएको थियो । उक्त ट्रेलरमा पनि बाटो मुनीको फूल जस्तै छुवाछुत प्रथालाईनै प्राथमिकतामा राखिएको छ ।BATO-MUNI-KO-PHOO

यस्तै ट्रेलर हेर्दा चलचित्रका मुख्य नायक एस कुमार दोहोरो भूमीकामा रहेको अनुमान लगाउन सकिन्छ । उनि ट्रेलरमा सामान्य पात्र र अर्को बौद्ध भेषमा देखिएका छन् । यस्तै एसको अलावा चलचित्रमा बाबु बोगटी,ऋचा शर्मा,अशिष्मा नकर्मी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

सुवर्ण थापाले निर्देशन गरेको यो चलचित्रको एक गीत ‘केही कदम तिमी संगै’ यतिबेला चर्चामा छ । बाटो मुनिको फुलको सफलता संगै यसको सिक्वेलले पनि सफलता पराउनेमा निर्माण युनीट दुक्क देखिन्छ  ।चलचित्रमा  निर्माण र लेखन एस कुमारको रहेको छ ।

SUBSCRIBE 👉