धुर्मुस सुन्तलीको अर्को रुप क्षमुमनीया र लखनभाई


Comedy Artist Dhurmus Suntali
चर्चित हाँस्य कलाकार धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे), अब नयाँ रुपमा देखिने भएका छन्। यो जोडी, बाल विवाह र चेलीबेटि बेचबिखन विरुद्धको बालमैत्री मैथिली छोटो चलचित्र ‘मुन्नी’मा अब क्षमुमनीया र लखनभाई मधेसी पात्रको भूमिकामा देखिने भएका हुन्। चलचित्रमा मुन्नीको भूमिकामा गायत्री सिंह देखिएकी छिन्। हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ सँग सँगै चेतनामुलक चलचित्र निर्माणमा लागिपरेका धुर्मुस सुन्तली ‘मुन्नी’को छाँयाकनका लागि लाहान पुगेका छन्।

चलचित्रको निर्देशन सिताराम कट्टेल आफै गर्दैछन भने चलचित्रको कथा समेत उनिआफ़ैले लेखेका हुन्। उनका अनुसार मुन्नीले बालमैत्री समाजको महत्व र आवश्यकतालाई दर्शाउने छ। तराई भेगमा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पीँदा आई पर्न सक्ने जोखिमलाई चलचित्रले बताउने छ।

चलचित्रमा धुर्मुस सुन्तलीको साथमा दिपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेम नारायण झा, गजेन्दर ठाकुरलगायतका कलाकारले समेत अभिनय गरेका छन्। मैथिली भाषाका संवादहरु बोल्नलाई केहि अप्ठ्यारो भए पनि मुन्नीलाई उत्कृष्ट बनाउने कोसीस गरिरहेको चलचित्र निर्माण युनिटले बताए।

SUBSCRIBE 👉