विल्सन र अशिष्माले दिए ‘अधकट्टी’को पहिलो सट्


wilson-bikram-rai-ashishma-nakarmi

Wilson Bikram Rai (Takme Budha) and Actress Ashishma Nakarmi

ग्ल्यामर नेपाल, काठमाडौं । घोषणा भएको लामो समयपछि फिल्म ‘अधकट्टी’को सुटिङ सुरु भएको छ। रंग पत्रकार सुव्रत आचार्यले निर्देशन गर्न लागेको यो फिल्मको पहिलो सट् सोमबार काठमाडौंकोमा कलाकारद्वय विल्सन विक्रम राई र अशिष्मा नकर्मीले दिएका छन्। सुव्रत यही फिल्मबाट निर्देशनमा डेब्यु हुँदैछन् भने पछिल्लो पुस्ताका आशालाग्दा दुई कलाकार विल्सन र अशिष्मा पहिलो पटक स्क्रिन शेयर गर्दैछन्।

निर्देशक आचार्यले पहिलो फिल्म भएपनि निर्देशनमा कुनै असहज र अनौठो महसुस नभएको प्रतिक्रिया दिएका छन्। करिब नौ महिनाको गृहकार्यपछि सुटिङ सुरु गरिएकोले पनि होला, उनी निकै आत्मविश्वासी देखिन्थे। काठमाडौं र चितवनमा एक महिनाभित्र छायाँकन सक्ने निर्माण पक्षको योजना रहेको छ। प्रदीपकुमार उदयको लगानी रहेको फिल्मलाई हरि घले लामाले खिच्दैछन्।

चलचित्रमा विल्सन र अशिष्मासँगै गौरव पहारी, रिस्ता बस्नेत, प्रदीप बाँस्तोला लगाएतका कलाकारलाई देख्न पाइनेछ। गजित विष्ट र नम्रता श्रेष्ठको पनि अतिथी भूमिका रहनेछ। सिनेमाले पढाईमा कमजोर र धेरै पैसा कमाउने युवाको कथा कमेडी शैलीमा पस्कने प्रयास गर्ने बताइएको छ। फिल्ममा राजन इशान र बसन्त सापकोटाको संगीत सुन्न सकिने छ।

SUBSCRIBE 👉