सिंगापुरमा रुचाइयो ‘प्रेम गीत’ , दर्शकको प्रतिक्रिया यस्तो ( भिडीयो )


सफल चलचित्र प्रेम गीतलाई विदेशमा समेत दर्शकको साथ मिलेको छ । चलचित्रको केहि दिनअघि सिंगापुरमा गरिएको सोमा दर्शकले चलचित्र हेरेर निकै राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।Prem geet

दर्शक धेरै भएका कारण दुई सो राखिएको उक्त बिशेष सोमा रनवे फेसन हाउसका अध्यक्ष सुवाससिंह ठकुरी र निर्माता सन्तोस सेनको सहभागीता रहेको थियो । प्रेम कथामा बनेको यो चलचित्र तथा गित संगीतलाइ नेपालमा निकै मन पराइएको थियो ।

सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा प्रदिप खड्का र पुजा शर्माको मुख्य भूमीका रहेको छ । प्रदिप यसै चलचित्रका कारण देश विदेशमा चर्चित छन् ।prem geet 1

फेसन र मोडलिङ क्षेत्रमा कार्यरत संस्था ‘रनवे फेसन हाउस’ले चलचित्र ‘प्रेमगीत’को ओभरसिज राइट लिएको छ । यसले यो चलचित्रलाई सिंगापुर, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, न्यूजिल्याण्ड, युएई, कतार, बहराइन, ओमान, कोरिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, भारत, यूके लगायतका देशमा लगाउने छ ।‘रनवे फेसन हाउस’ले यो चलचित्रको ओभरसिज राइट्स करिब ४० लाखमा किनेको थियो ।prem geet 3

तस्बिर तथा भिडीयो / कमल श्रेष्ठ 

SUBSCRIBE 👉