‘झोला’ भरिएपछि ‘ठूली’ भइन् गरिमा


actress-garima-panta

Actress Garima Panta, Photo by Kamal Shrestha / GlamourNepal

ग्ल्यामर नेपाल, काठमाडौं । केही समय ओझेलमा परेकी नायिका गरिमा पन्तको व्यस्तता फेरि बढेको छ। खासगरी ‘झोला’ रिलिज भएपछि गरिमाको चौतर्फी प्रसंशा चुलिएको हो। सोही कारण यो फिल्मले निर्माताको झोला मात्र नभई गरिमाको भाग्य पनि भरेको चर्चा चल्न थालेको छ। नयाँ नयाँ फिल्मबाट अफर आउन थालेबाट पनि यो कुरा पुष्टि हुन्छ। यस्तैमा उनी सूर्य बोहराले निर्देशन गर्न लागेको फिल्म ‘ठूली’मा अनुबन्ध भएकी छिन्। यसअघि पनि उनले ‘वीर गोर्खाली’ फिल्म खेल्न पक्का भइसकेको छ।

‘ठूली’लाई निर्देशक बोहरा र सुनिल बस्नेतले संयुक्तरुपमा निर्माण गर्न लागेका हुन्। चैत्र १० गतेबाट फ्लोरमा जाने फिल्मको गरिमाको शिर्ष भूमिका रहनेछ। आफूले अन्याय, अत्याचारविरुद्ध लड्ने साहसीक नारीको भूमिका निर्वाह गर्न लागेको उनले जानकारी दिइन्। काठमाडौं र चितवनमा छायाँकन हुने फिल्मका अन्य कलाकार तथा प्राविधिक भने सार्वजनिक गरिएको छैन्।

गरिमाको नयाँ फिल्म ‘मनले मनलाई छुन्छ’ चैत २८ गतेबाट नेपालभर प्रदर्शन हुँदैछ। यो स्व.निर्देशक शिव रेग्मीको अन्तिम फिल्म हो। गरिमा सफल हुँदैगएपछि ‘मनले मनलाई छुन्छ’का नायकसमेत रहेका निर्माता विरेन श्रेष्ठ मक्ख परेका छन्।

SUBSCRIBE 👉