भारतीय टिभी सिरियलमा तक्मे बुढा


wilson-bikram-rai-takme-budho

Wilson Bikram Rai (Takme Budho) / Photo by Raj Bhai Suwal

ग्ल्यामर नेपाल, काठमाडौं । तक्मे बुढाका फ्यानहरुलाई खुशीको खबर ! चर्चित हास्यश्रृंखला ‘मेरी बास्सै’मा तक्मे बुढाको भूमिकाबाट दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका विल्सनविक्रम राईलाई भारतीय टिभी सिरियलमा देख्न पाइने भएको छ। ‘लगान’, ‘स्वदेश’, ‘जोधा अकबर’ जस्ता सफल फिल्मका निर्देशक आशुतोष गोवारीकरको नयाँ टिभी सिरियलमा विल्सनले अभिनय गर्ने मौका पाएका हुन्। उनको बलिउड प्रवेशका लागि अभिनेता सुनील थापाले ठूलो सहयोग गरेका छन्।

हाल प्रियंका चोपडाको गुरुको भूमिकामा ‘मेरी कोम’मा अभिनय गरिरहेका सुनिलले सिरियल खेलाउन विल्सनका भिडियो फुटेजहरु आशुतोषका कास्टिङ डाइरेक्टरलाई उपलब्ध गराएका थिए। फुटेज हेरेपछि विल्सनप्रति उनीहरु सकारात्मक भएका थिए। स्रोतका अनुसार दोस्रो चरणको वार्ता सफल भए पछि सिरियल खेल्न उनी चैत्र १४ गते मुम्बई प्रस्थान गर्नेछन्। विल्सन सिरियलमा हिमाञ्चल प्रदेशको एक शेर्पाको भूमिकामा देखिने बताइएको छ। स्टार प्लसबाट प्रशारण हुने सिरियलको ३९ देखि १ सय ५ भागसम्म उनको अभिनय रहनेछ। सिरियलमा अभिनय गरिन्जेल उनले अन्य टिभी शोहरु खेल्न नपाउने सर्त छ। तर फिल्मको हकमा भने यो सर्त लागु हुने छैन्। विल्सन हाल सुव्रत आचार्य निर्देशित फिल्म ‘अधकट्टी’को सुटिङमा व्यस्त छन्।

SUBSCRIBE 👉