‘एउटा साथी’बाट शोभितलाई रेडकार्ड !


director-sovit-basnet

Director Sovit Basnet / Photo by glamournepal.com

ग्ल्यामर नेपाल, काठमाडौं । कामभन्दा धेरै फण्डा मच्चाएर चर्चामा आउने निर्माता/निर्देशक शोभित बस्नेतले आवश्यक रकम जुटाउन नसकेपछि ‘एउटा साथी’बाट रेडकार्ड पाएका छन् । फिल्म घोषणा गर्दा निकै फुर्तीफार्ती देखाएका बस्नेतलाई सहायक निर्माता रामचन्द्र खनालले हटाइदिएका हुन् । अब फिल्मको पूर्ण निर्माणको जिम्मा खनालले लिएका छन् । आउँदो सातासम्म शोभितसँग हिसाब क्लियर गरेर सुटिङ सुरु गर्ने खनालले जानकारी दिए । लक्ष्मण सुवेदीले निर्देशन गरिरहेको यो फिल्मको चार महिनाको बीचमा मुस्किलले १५ दिन सुटिङ भएको छ । अझ ५० प्रतिशत दृश्य खिच्न बाँकी छ ।

शोभितकै कारण सुटिङ रोकिएपछि फिल्म बन्ने र नबन्ने मै शंका उत्पन्न हुन थालेको थियो । उनले विभिन्न बहानावाजी गरेर सुटिङ सारिरहेका थिए तर यहीबीचमा सहायक निर्माता खनाल अगाडि बढेका छन् । जसका कारण फिल्म अब छिट्टै तयार हुने दाबी गरिएको छ । निर्मातासँगै शोभितको ब्यानरबाट पनि फिल्म अलग भएको छ । अब निर्देशक सुवेदीको दिलाशा क्रियशनबाट बाँकी काम पुरा हुनेछ ।

‘एउटा साथी’ मा शोभितकै छोरा सलोन बस्नेतसहित, रिस्ता बस्नेत, अनु शाह, जोन तामाङ लगायतका कलाकारको मुख्य भूमिकामा देखिँदैछन् । पिताको अव्यावसायिक चरित्रका कारण छोरा सलोन पनि तनाबमा रहेको बताइन्छ ।

SUBSCRIBE 👉