हेमराजले गरे ‘ग्याङस्टार ब्लुज’ निर्माणको घोषणा


हेमराज बिसीको निर्देशन रहने चलचित्र ‘ग्याङस्टार ब्लुज’को घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो ।hamraj bc

कार्यक्रममा चलचित्र छायांकनका लागि अझै केही महिना लाग्ने पनि निर्देशक बिसीले बताए ।चलचित्रमा गौरव पहारी, आशिरमान देशराज श्रेष्ठ, आना शर्मा, प्रशान्त ताम्राकार लगायतको अभिनय रहनेछ ।

चलचित्रमा युवा कसरी ‘ग्याङस्टार’ बन्छन् र त्यसपछि उनीहरूको जीवनमा कस्ता परिवर्तन आउँछन् अनि ग्याङस्टार बनेपछि उनीहरूको जीवनमा पर्ने प्रभाव चलचित्रमा देखाइने छ । चलचित्र सरोज न्यौपाने, मनीष पण्डित र निर्देशक बिसीको लगानीमा बन्न लागेको हो ।

SUBSCRIBE 👉