लक लागेन् ‘रोल्पा रोग’ , ‘आवारा’ र ‘उहीले बाजेको पालामा’ लाई !


शुक्रबार बाट देशैभर तिन चलचित्र रिलीजमा आएपनि बक्स अफीसमा गतिलो ब्यापार कुनै चलचित्रले गर्न सकेनन् । शुक्रबार रिलीज अन्तर्गत ‘रोल्पा रोग’ , ‘आवारा’ र ‘उहीले बाजेको पालामा’ देशैभर रिलीजमा आएका थिय यी तिनै चलचित्रले नराम्रो संग घाटा बेहोर्नु परेको छ । जसलाई क्रमस दिपक वली , दिनेस पौडेल र बसन्त जीएमले निर्देशन गरेका हुन् ।news photo

हुन त चलचित्र क्षेत्रमा चलचित्र चल्नुलाई लक मान्ने गरिन्छ त्यसैले सिधै भन्नु पर्दा यी तिनै चलचित्रलाई लक् लागेन भन्दा फरक नपर्ला । राम्रो बिषयमा बन्दा – बन्दै पनि यी तिनै चलचित्रले असफलता पर्यो । ग्रामिण भेगमा बस्ने यूवाहरुको जीवन भोगाई र संघर्षको कथालाई उठान गरेको यो चलचित्रलाई हेर्ने सबैले मन पराएका थिए । चलचित्रमा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, शुशिल पोखरेल, विनु खड्का लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

सामाजिक कथा बस्तुलाई नै उठाएको चलचित्र आवारामा राजेश ढुङगाना र हर्षिका श्रेष्ठ मुख्य भुमीकामा रहेको छ ।प्राबिधिक पक्षमा कमजोर रहेको यो चलचित्रले अन्य दुई चलचित्र भन्दा केही बढी ब्यापार गरेको जानकारी छ । यस्तै ग्रामीण परीबेशको कथा बस्तुलाई प्रस्तुत गरेको चलचित्र उहीलेको बाजेको पालामा दिलिप रायमाझी,गणेश बेलबासे,नबिन श्रेष्ठ,खुस्बु खड्का,सपना रोक्का लगायत कलाकारको अभिनय देख्न सकिन्छ । कुनै बेलाका स्टार अभिनेता दिलिप रायमाझीको अभिनय हुदाँ समेत यो चलचित्रले चमत्कार गर्न सकेन् ।

SUBSCRIBE 👉