सांगीतीक बजारमा बाबुको “रेस्पेक्ट”


गायक बाबु बोगटीले आफ्नो पाँचौ एल्बम “रेस्पेक्ट” सार्बजनिक गरेका छन । सोमबार एक कार्यक्रमको आयोजना गर्दै बरिष्ठ संगीतकर्मी गणेश रसिक, बरिष्ठ गीतकार डा.कृष्णहरी बराल, अभिनेत्री करिस्मा मानन्धर, संगीतकार जेम्स प्रधान लगायतका व्यक्तित्वहरुको हात बाट गायक बोगटीले नयाँ एल्बम बिमोचन गरेका हुन् ।babu bogti

कार्यक्रममा एल्बम “रेस्पेक्ट” मा समाबेस गीतहरुको म्यूजिक भिडियो समेत देखाईएको थियो । जसमा नीता दुंगाना र गायक बाबु आफै देखिएका छन् । ठुलालाई सम्मान र सानालाई माया भन्ने मुख्य स्लोगन सहितको एल्बम रेस्पेक्टमा आठ  गीत समाबेस छन । कुनैबेलाका निकै हिट गायक बाबु यतिबेला चलचित्र अभिनयमा समेत सक्रिय छन् ।

SUBSCRIBE 👉