भदौ २४ मा आउने भयो दिपक र दीपाको ‘छक्का पञ्जा’


चलचित्र ‘छक्का पञ्जा’ को प्रदर्शन मिति तय भएको छ । दिपाश्रीले निर्देशन गरेको यो चलचित्रलाई वितरक कम्पनीसागको बैठक पछि भदौ २४ गतेदेखि प्रदर्शनमा ल्याउने सहमती भएको निर्मात्री समेत रहेकी निरौलाले बताइन् ।news photo

दिपकराज र दीपाश्रीको संयुक्त निर्माण रहेको फिल्ममा दिपकसागै, शिवहरी, पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग र नायिका प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । यतिबेला छायााकन सकेर सम्पादन भैरहेको यो चलचित्र बाट दिपाश्रीले निर्देशनमा डेव्यु गरेकी हुन् ।

सुरुमा दशैं रिलिजको घोषणा गरिएको यो चलचित्र एक महिना अघी सरेको हो । दशैंमा अन्य दुई ठुला ब्यानरका चलचित्र भएकाले अगाडी सारिएको निर्देशक दीपाले बताइन् । अब दशैमा ‘किङ्ग’ र ‘किस्मत २’ मात्रै प्रदर्शनमा आउने छन् ।

SUBSCRIBE 👉