रेशम फिलीलीका कामेश्वर संग ‘पलाँस’ मा देखिदै रेखा !


आफ्नो ब्यानर बाहेको अरुको ब्यानरमा काम गर्दैन भन्दै आएकी रेखा थापाले अन्तत अरुको ब्यानरमा पनि काम गर्ने भएकी छन् । हालै रामप्यारी रिलीजमा ल्याएकी रेखाले अबभने रेशम फिलीली बाट उदाएका कलाकार कामेश्वर चौरासिया संग चलचित्रमा देखिने भएकी हुन् । उनले खेल्ने चलचित्रको नाम ‘पलाँस’ राखीएको छ । rekhanews

निर्मात्री कृषा चौलागाइले निर्माण गर्ने यो चलचित्र जेठ १ गतेबाट छायांकनमा जाने छ । चलचित्रमा नायक अयुव केसी पनि मुख्य भूमिकामा देखिनेछन् । सुवास कोइरालाले निर्देशन गर्ने यो चलचित्रलाई केपी फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत, सानु कुमार श्रेष्ठको एक्सन हुनेछ । चलचित्रको छायांकन विरगञ्जमा गरिने निर्मात्री चौलागाइले बताइन् ।

SUBSCRIBE 👉