जीवन र केकीको पहिलो स्क्रिन सेयर


jivan-luitel-and-keki-adhikari

Jivan Luitel and Keki Adhikari / Photo : GlamourNepal

ग्ल्यामर नेपाल, काठमाडौं। पछिल्लो समयका चर्चित नायक – नायिका जीवन लुईंटेल र केकी अधिकारीले पहिलो पटक स्क्रिन सेयर गर्ने भएका छन्। कृष्ण पौडेलले निर्देशन गर्न लागेको म्युजिकल लभस्टोरी फिल्म ‘धुन’मा जीवन र केकीले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ। जीवन केही समय अगाडि नै लिड रोलमा पक्का भइसकेपनि केकीलाई हालै अफिसियल रुपमा अनुबन्ध गरिएको छ। यस अगाडि नायिका नीता ढुंगानाले जीवनसँग रोमान्स गर्ने चर्चा थियो तर अन्तिम समयमा केकीले उनलाई रिप्लेस गरेकी हुन्।

तारासीतारा प्रोडक्सनको व्यानरमा मालती शाहले निर्माण गर्न लागेको ‘धुन’मा जीवन र केकीसँगै मुकेश ढकालको पनि अभिनय रहनेछ। चलचित्रमा उनलाई संघर्षशील गायकको भूमिकामा देख्न पाइनेछ। फिल्म क्षेत्रमा प्रवेश गरेको पाँच वर्ष बितिसक्दा पनि स्थापित हुन नसेकेका मुकेशले करिब एक वर्षपछि यो फिल्म पाएका हुन्। सुशील शाहको प्रस्तुतिमा मधुसुधन ढकाल र श्रेया दुलालको समेत लगानी रहने यो फिल्मको छांयाकन जेठको पहिलो साताबाट सुरु हुने बताइएको छ। चलचित्रमा लक्की सिटौलाको संगीत सुन्न सकिने छ।

SUBSCRIBE 👉