पोर्न नायिका : बलिउड सन्नी, कलिउडमा अर्चनाको चर्चा !


बलिउड र कलिउड चलचित्र बजार यति बेला एकै कारणले तातेको छ । कारण हो पोर्न नायिका । बलिउड चलचित्र बजार पोर्न चलचित्रबाट अभिनयमा प्रवेश गरेकी सन्नी लियोनका कारणले तातेको हो भने कलिउड पोर्न चलचित्र खेल्ने लक्ष्य लिएकी अर्चना पनेरुका कारणले ।

बजारमा छ्यापछाप्ती पाइने पोर्न चलचित्र खेलेर पनि बलिउडमा राम्रो स्थान सन्नीले पाइरहेकी छन् । सन्नीले एकपछि अर्काे चलचित्र अभिनय गर्दै बलिउडका किङ खान शाहरुखसँग समेत अभिनय गरिसकेकी छन् । उनले ‘राइस’ चलचित्रमा शाहरुखसँग आइट गरेकी हुन् । यही आइटमले उनको चर्चा बलिउडमा अहिले चुलिएको छ ।

कलिउडमा भने पोर्न चलचित्र खेल्ने लक्ष्य लिएकी अर्चना बिवादमा तानिएकी छन् । जिस्म चलचित्रबाट अभिनयमा डेब्यु गरेकी अर्चनाले प्रदर्शनको तयारीमा रहेको छेस्कोमा पनि आइटम गरेकी छन् । केही पहिले सार्वजनिक भएको उक्त गीतका कारण उनले बिभिन्न आरोप प्रत्यारोप सहनु परिरहेको छ ।

बलिउडमा पोर्न चलचित्रबाट आएकी नायिकाले हंगामा मच्चाई रहेको समय कलिउड पोर्न लक्ष्य लिएकी नायिकाको अभिनय बिषयलाई लिएर बिवाद उत्पन्न गरिएको छ । उनले चलचित्र अभिनय गर्न नपाउने भन्ने पनि छैन । बिवादको केही तुक देखिदैन । उनले निर्बाध रुपमा चलचित्र खेल्न पाउनु पर्छ ।

पोर्न चलचित्रबाट आएकी सन्नी लियोन राम्रो अभिनेत्री बन्न सक्छिन् भने पोर्न अभिनेत्री बन्ने लक्ष्य लिएकी अर्चनालाई पनि राम्रो अभिनेत्री निश्चय नै बनाउन सकिन्छ । यस तर्फ सबैको ध्यान जानु पर्ने देखिन्छ ।

SUBSCRIBE 👉