आजको रात प्रियंका र हेमाको हातमा


Priyanka-Karki-and-Hema-Shrestha

Priyanka Karki and Hema Shrestha

ग्ल्यामर नेपाल, काठमाडौं । मिलन चाम्स निर्देशित ‘हँसिया’को बहुप्रतिक्षित आइटम गीत रिलिज गरिएको छ। शिवानी मोक्तानको मादक स्वरले भरिएको ‘हातमा आजको रात’बोलको गीतमा फिल्मकी मुख्य नायिका हेमा श्रेष्ठ र अतिथी भूमिका निर्वाह गरेकी अभिनेत्री प्रियंका कार्कीले कम्मर मर्काएका छन् तर यो गीतमा यसअघि प्रचार गरिए अनुरुपको एक्सन सिक्वेन्सको प्रयोग गरिएको छैन्। निर्माण पक्षका अनुसार १४ लाख खर्च गरेर तयार पारिएको सेटमा यो आइटम गीत खिच्न तीन दिन लागेको हो। सार्वजनिक गीतको शब्द निलम आङबुहाङ राईले कोरेका हुन् भने संगीत कल्याण सिंहको रहेको छ। प्रियंका र हेमालाई रेनशा राईले नचाएकी हुन्।

चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा दुर्गा घलेले निर्माण भएको ‘हँसिया’मा राजेन्द्र उप्रेतीको एक्सन रहेको छ। चलचित्रमा हेमासँगै महानायक राजेश हमाल, अनुपविक्रम शाही, विशाल ढुंगाना, आलोक कार्की, शिशिर राणा, बिजय कुँवर, किरण राईलगाएतका कलाकारको अभिनय रहेको छ। फिल्ममा नायिका हेमाले निकै आकर्षक एक्सन दृश्यहरु दिएकी छिन्। जसको झल्को केही समय अघि सार्वजनिक गरिएको ट्रेलरमा पनि देख्न सकिन्छ। रियल लाइफकी मार्सल आर्ट प्लेयर हेमाले रिलमा पनि आफ्नो एक्सन क्षमता देखाएकी छिन्। सोसल क्राइम केन्द्रित ‘हँसिया’मा उनलाई सिआईबी अफिसरको भुमिकामा देख्न सकिन्छ। भूमिकालाई जीवन्त बनाउन उनले ८ महिनाको एक्सन ट्रेनिङसमेत लिएकी थिइन्।

सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङको समेत लगानी रहेको ‘हँसिया’लाई रामकुमार केसीले खिचेका हुन्। यो सिनेमालाई दर्शना आट्र्सले जेष्ठ ९ गते देशभर रिलिज गर्दैछ।

SUBSCRIBE 👉