हँसियाको धारिलो प्रचार


rubi-rana-hema-shresthaग्ल्यामर नेपाल, काठमाडौँ। आगामी जेठ ९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘हँसिया’ ले आक्रामक प्रचार प्रसार थालेको छ। आईतवार काठमाडौंमा चलचित्रको गीति एल्बम, प्राेमो सार्वजनिक गर्ने समारोहमा उपस्थित भएका चलचित्रका कलाकारहरुले ‘हँसिया’ उत्कृष्ट चलचित्र बनेको दावी गरे। चलचित्रमा अभिनय गरेका अभिनेता राजेश हमालले त यसलाई मनोरञ्जनको एउटा प्याकेजकै रुपमा चित्रण गरे। चलचित्रबाट आफू उत्साहित भएको बताउँदै हमालले चलचित्रकी नायिका हेमा श्रेष्ठको अभिनय तथा नायिका पि्रयंका कार्कीको आईटम डान्सको खुलेर प्रसंसा गरे।

मोडलिङमा व्यस्त हेमा श्रेष्ठ यही चलचित्रबाट नायिकाको रुपमा डेब्यू गर्दैछिन्। टेक्वान्दो खेलाडी हेमालाई चलचित्रमा एक्सन नायिकाको रुपमा प्रस्तुत गरिएको छ। चलचित्रमा उनले १ सय ३७ जना फाइटरसंगको एक्सनको समारोहमा विशेष चर्चा चलेको थियो। चलचित्रमा राजेश हमाल र हेमा श्रेष्ठबाहेक अनुपविक्रम शाही, रुबी राणा आदिले पनि अभिनय गरेका छन्। मिलन चाम्सद्वारा निर्देशित यो चलचित्रमा राजेश पायल राई र सुवानी मोक्तानको पाश्र्व गायन छ। समारोहमा उपस्थित गायक-गायिका तथा नायक-नायिकाले चलचित्रको गीति एल्बम विमोचन गरेका थिए। चलचित्रमा चार वटा गीतमा कल्याण सिंहको एकल संगीत छ। यसअघि थुप्रै म्युजिक भिडियो निर्देशन गरेका मिलन चाम्सको ‘हँसिया’ डेब्यू निर्देशन हो। उनले आफू यो चलचित्रबाट उत्साहित भएको बताउँदै व्यवसायिक सफलता पाउने कुरामा विश्वस्त देखिए। निर्देशक चाम्सले यो चलचित्रलाई नारी प्रधान भएको बताएका छन्। ९३ दिन लगाएर छायांकन गरिएको यो चलचित्रको बजेट एक करोड रुपैयाँ भन्दा माथि पुगेको बताइन्छ। नियमित प्रदर्शन हुनुअघि यो चलचित्रलाई आगामी अप्रिल २७ मा हङकङमा तथा अप्रिल ३० मा लण्डनमा रेड कार्पेट प्रिमिएर गरिने बताइन्छ।

SUBSCRIBE 👉