पैसा कमाउन विदेश गएपछि अनुबाट धोका पाए यशराजले!


म्यूजिक भिडियोमा चलेकी मोडल हुन् अनु शाह। अनुको चलचित्र करिअर सुखद नभएपनि उनी भिडियोमा चलेकी छिन्। आजभोलि भिडियो निर्देशनमा अनन्त तिमिल्सिना पनि जमेका छन्। एकपछि अर्को म्यूजिक भिडियो निर्देशन गरिरहेका अनन्तले नायिका अनु शाह र नायक यशराजलाई लिएर हालसालै एउटा भिडियो तयार पारेका छन्।

Anu-Shah-yash-Raj

शिव परियारको आवाजमा समावेश ‘परदेशी’ बोलको गीतमा शंकर थापा ‘प्रसन्न’को शब्द, भगवती उप्रेतीको संगीत छ। भिडियोमा आर्थिक अभावका कारण विदेशिएको प्रेमी र उसलाई प्रेमिकाले दिएको धोकालाई देखाईएको छ।

SUBSCRIBE 👉