परिचय खोज्दै युवाहरु – चलचित्र “अपरिचित” को घोषणा


अपरिचित शिर्षकमा नयाँ नेपाली चलचित्र निर्माण हुने भएको छ। गत वुधबार चाबहिलको गणेश मन्दिरमा चलचित्र अपरिचितको शुभ मुहुर्त गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ। रुपेश थिङ्गको निर्देशनमा तयार हुने चलचित्र अपरिचितको जावलाखेलका डिएसपी डा. तपन झाले नरिवन फुटाएर शुभ मुहुर्त गरेका थिए।

aparichit

जेठ २१ गतेबाट छायाँकन हुने चलचित्र अपरिचितमा प्रज्वल गिरी, सारिका केसी, मोहन विक्रम श्रेष्ठ, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहनेछ। काठमाडौं, सिन्धुपाल्चोक लगायतका स्थानमा छायाँकन हुने भनिएको चलचित्रको लगानी करिव ५० लाख सम्म हुने चलचित्रका निर्माता लाल बहादुर थकालीले बताएका छन्।

जुना फिल्मस प्रा.लि.को पाँचौं प्रस्तुती चलचित्र अपरिचितमा सन्चु थोकरको छायाँकन, नृत्य निर्देशन रामजी लमिछाने, द्धन्द्ध निर्देशन श्री श्रेष्ठ र सह—निर्देशन सुरेश वाइवाको रहनेछ।

शुभ मुहुर्त कार्यक्रममा आफ्नो विचार राख्दैं चलचित्रका नायक प्रज्वल गिरीले चलचित्र अपरिचित फरक कथावस्तुमा निर्माण हुन लागेको बताए। उनका अनुसार चलचित्रमा एक्सन, लभस्टोरी लगायत सबै पाटोलाई विशेष प्राथमिकतामा राखिएको छ। आफु प्रत्येक चलचित्रमा फरक भुमिका रुचाउने भएका कारण अपरिचितमा आफ्ना भुमिका विल्कुलै फरक रहेको बताए।

त्यस्तै चलचित्रका निर्देशक रुपेश थिङ्गले चलचित्र अपरिचित कुनै पनि चलचित्रबाट प्रभावित नभएको दाबी गरे। उनका अनुसार चलचित्र अपरिचितमा नेपाली परिभेषको कथा समाबेश छ।

SUBSCRIBE 👉