बसन्त सापकोटाको स्वरमा पल र नीताको क्यारम त नि ! ( भिडियो )


चर्चित संगीतकार बसन्त सापकोटाले स्वर तथा संगीतमा क्यारम त नि ! सार्वजनिक भएको छ । भिडीयोमा मोडल पल शाह र अभिनेत्री नीता ढुंगानाले भिडियोमा अभिनय गरेका छन । दिपेन्द्र केसीले निर्देशन गरेका यो भिडीयोलाई डान्सीङ तरिकाले तयार पारीएको छ ।

प्रभा आचार्यले गीतको शब्द कोरेको गीमा उदयराज पौडेलको संगीत संयोजन, रामकुमार केसीको छयांकन, प्रशान्त तामाङको कोरियोग्राफी र सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन् । गीतको अडीयो झै भिडीयो पनि निकै आकर्षक बनेको छ भने शब्दहरु पनि क्याची लाग्छन। क्यारम त नि गीतको भिडियोलाई कालिन्चोक डिजिटल नेपालको प्रस्तुतिमा दिनेश खड्काले निर्माण गरेका हुन् ।

SUBSCRIBE 👉