अर्चनाको भरोसा अव ‘जिस्म’मा ! यस्तो बन्यो ट्रेलर – हेर्नुहोस् भिडीयो


अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर अहिले सम्मकै फरक र आकर्षक तवरको बनेको छ। जसमा अर्चनाका अनगिन्ती बोल्ड दृश्यहरु पनि छन्। ‘जिस्म’ राजु गिरीले निर्देशन गरेका हुन्। गिरीले अर्चनालाई पहिलो पटक चलचित्रमा अभिनय गराएका हुन्। 

असार ३१ मा रिलिज हुने चलचित्रको ट्रेलरमा हल्ला र चर्चामा आए अनुसारका भल्गर दृश्यलाई बढि प्राथमिकता परेका छन्। चलचित्रमा मोडलिङ करियर अगाडी बढाउन चाहने एक युवतिको कथा उठाइएको छ। ट्रेलर सार्वजनिक गरे लगतै दर्शकले निर्देशक गिरी र अभिनेत्री अर्चना प्रति बिभिन्न प्रतिक्रिया दिइरहेका छन्। चलचित्रमा अर्चनासँगै सुरेन्द्र बुढाथोकी मुख्य भुमिकामा छन्। हुन त हाल सालै अर्चना अभिनित फिल्म ‘छेस्को’ प्रदर्शनमा आएको छ।

SUBSCRIBE 👉