‘रेलीमाइ’ : कमेडी चलचित्रको कमेडीनै गीत , हेर्नुस् ‘जाउँ हिड खसौली’ (भिडीयो)


चलचित्र ‘रेलीमाइ’को रमाईलो गीत सार्वजनिक भएको छ । कमेडी कथामा निर्माण भएको यो चलचित्र को ‘जाउँ हिड खसौली’बोलको गीत सार्वजनिक भएको हो ।  निर्देशक रिम विश्वकर्माको शब्द तथा संगीतमा चिरन्जिवि भण्डारीले गाएको गीतले सफलता पाउनेमा निर्माण युनीट देखिएको छ । साउन २१ गते रिलीजमा आउने यो चलचित्रको यसअघि सार्वजनिक ट्रेलरलाई युटुबमा निकै रुचाइएको छ ।चलचित्रले राजधानीमा बसोबास गर्ने युवा पुस्ताका ब्याक्तीहरु जिबन भोगाईलाई रमाइलो तरिकाबाट प्रस्तुत गरिएको छ ।Capture

नेपाली मौलिक कथा बोकेर निर्माण भएका चलचित्र दर्शकको पहिलो रोजाइमा पर्ने भएकाले आफूले पनि मौलिकता माथिचलचित्र निर्माण गरेको निर्देशक विश्वकर्मा बताउछन् ।रेड लाइन फिल्म्स प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘रेलिमाई’मा सन्जोग राना, पुर्णिमा लामा, रियन लामा लगायतका कलाकारले अभिनय गरेका छन् ।यो चलचित्र संगै अर्को कमेडी कथामै निर्माण भएको चलचित्र सुन्तलीलाई भगाई लग्यो झिल्केले समेत रिलीजमा आउदैछ ।

SUBSCRIBE 👉