कृषाको “पलाँस”मा कस्तो होला त रेखाको नयाँ अवतार?


रेखा फिल्मस् भन्दा बाहिरी ब्यानरका चलचित्रमा काम नगर्ने भन्दै आएकी नायिका रेखा थापाले एकाएक निर्मात्री कृषा चौलागाइको चलचित्रमा काम गरेपछि सो कुराले खुबै चर्चा पायो। आखिर, कृषाले निर्माण गरेको चलचित्र “पलाँस” मा किन आकर्षित भइन् रेखा ? रेखाले यो चलचित्रको कथावस्तु आफूलाई अत्यन्त मन परेकाले कृषा को चलचित्रमा काम गरेको बताईन।

Rekha-Thapa-Palas-Look-3

जेठको पहिलो साताबाट सुरु भएको चलचित्र “पलाँस”को छायांकन सकिएको छ। ३२ दिन लगाएर चलचित्रको छायांकन गरिएको निर्मात्री चौलागाइले जानकारी दिएकी छिन्। कृषाले भनिन्–‘नायिका रेखा थापालाई चलचित्रमा दर्शकले नयाँ अवतारमा पाउनुहुनेछ। उनले दाबीका साथ थपिन – “पलाँस”मा जस्तो भूमिका अहिलेसम्म रेखाले गरेकी छैनन्। हामी चाडै नै फस्टलुक मार्फत यो कुरा सार्वजनिक गर्नेछौ।’

Rekha-Thapa-Palas-Look-2

चलचित्रमा रेखा थापाको साथमा कामेश्वर चौरासिया, अयुब केसी मुख्य भूमिकामा छन्। सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत छ।

नारी-प्रधान चलचित्रमा काम गर्दै आएकी रेखाले यो चलचित्रमा पनि नारीकै कथामा अभिनय गरेको वुझिएको छ। रेखा र कामेश्वर एकसाथ पर्दामा देखिन लागेकाले पनि दर्शकका लागि यो चलचित्र उत्सुकतामय बनेको छ।

SUBSCRIBE 👉