देविकाको ‘खुबि छ तिमीमा…’म्युजिक भिडियो हेर्नुहोस्, नम्रता र गजितको दमदार प्रस्तुति


‘यस्तै रहेछ यहाँको चलन.…’ क्लासिक हिट गायीका देविका बन्दनाको ‘खुबि छ तिमीमा…’ बोल रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ। गायिका बन्दनाको आफ्नै यु-ट्युब च्यानलबाट रिलिज गरीएको गीतमा उनलाई गायक आनन्द कार्कीले साथ दिएका छन्।

Namrata-Sapkota-Gajit-Bista

यो म्युजिक भिडियो सहेन्द्र श्रेष्ठको निर्देशनमा निर्माण भएको हो। भिडियोमा मोडल नम्रता सापकोटा र नायक गजित बिस्टलाई फ़िचरिङ्ग गरिएको भिडियोमा उनीहरुको दमदार प्रस्तुति हेर्न सकिन्छ। नृत्य निर्देशक गम्भीर बिस्टले भिडियोमा नम्रता र गजितलाई ग्ल्यामरस तरिकाले नचाएका छन्।

देविका बन्दनाको – ‘सँधै सँधै हिड्न पाउँ…’ श्रीस्टी श्रेष्ठ र अनुप बिक्रम अभिनित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

गीतमा हरि लम्सालको संगीत र योगेन्द्रमणि दाहालको शब्द छ। गीतलाई राजन ईशानले संगीत संयोजन गरेका हुन्। हरि हुमागाईंले खिचेको भिडियोलाई ले सम्पादन गरेका हुन्।

हेर्नुहोस्, देविकाको “खुबि छ तिमीमा…” म्युजिक भिडियो – नम्रता र गजितको दमदार प्रस्तुति

SUBSCRIBE 👉