सोनाम राई भइन् मिसेस मंगोल नेपाल-२०१६


१४ प्रतिस्पर्धीहरुलाई उछिन्दै सोनाम राईले ‘मिसेस मंगोल नेपाल-२०१६’ को बिजेता बनेकी छिन्। उनले बेस्ट स्माइल सह-उपाधि पनि हात परिन्। प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै सोनामले उपाधी जितेकी हुन्। सोनामले मुख्य उपाधि संगै नगद ३५ हजार र विभिन्न गिफ्टहृयाम्परहरु पाइन्।

२३ गते बिहिबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधी मनिका राईले जितिन्। त्यस्तै क्रमशः सेकेन्ड रनरअपको उपाधी जेनिफर बज्राचार्य, थर्ड रनरअपको उपाधी प्रतिमा राई बान्तावा र फोर्थ रनरअपको उपाधी निमा योञ्जि शेर्पाले जितिन्। बिजेताहरुलाई ताजसंगै विभिन्न गिफ्टहृयाम्परहरु प्रदान गरिएको थियो।

विवाहित मंगोल महिलाहरुलाई लक्षित यो सौन्दर्य प्रतियोगिता एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको हो। प्रतियोगिताको कोरियोग्राफी कोरियोग्राफर हिमानी सुब्बाले गरेका हुन्।

मिसेस मंगोल नेपाल-२०१६ को सबटाइटलमा क्रमशः बेस्ट ट्यालेन्टको उपाधी निमा योञ्जि शेपा, बेस्ट फोटोजेनिक प्रतिमा राई, बेस्ट पर्सानालिटि लक्ष्मि घिसिङ लिम्बु, बेस्ट क्याटवाल्क प्रतिमा वान्तावा राई, बेस्ट डिसिप्लेन कमला लामा, बेस्ट स्किन योगिता सम्वाहाम्फे लिम्बु, बेस्ट हेयर किरण थापा मगरले जितेकी छिन् । त्यस्तै मोस्ट एक्टिभ मेनुका गुरुङ, मोस्ट स्टाइलिस प्रतिमा बान्तावा राई, मोस्ट बब्लि पुजा महर्जन, मोस्ट स्मार्ट निर्माया लामा, मोस्ट चार्मिङ जेनिफर बर्जाचार्य, मोस्ट कंफीडेन्ट सोनिया लामा, मोस्ट इनोसेन्ट रिता गुरुङ, मोस्ट इन्टेलिजेन्ट मानिका राई, मोस्ट पपुलर योगिता सम्वाहाम्फे लिम्बु र बेस्ट ड्रेस मनिका राईले सबटाइटल अन्र्तगत जितेका छन्।

आरजे तथा मोडल कला सुब्बाको साथमा अभिनेत्री पुजना प्रधान, मोडल तथा अभिनेता दिक्पाल कार्की, निर्देशक शोभित वस्नेत र क्पापिटल क्विन नेपालका विजेता लिला राई अन्तिम प्रतिस्पर्धाको निर्णायक रहेका थिए। चर्चित कोरियोग्राफर तथा उद्घोषक रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा नृत्य, गीत प्रस्तुती तथा र्‍याम्पमा मोडलहरु उतारिएको थियो।

SUBSCRIBE 👉