ग्ल्यामर नेपाल, काठमाडौं। फिल्म ‘रक्षा’ रिलिज हुने बेला निर्देशक राजु गिरी र नायिका पुजना स्त्रीबीच शितयुद्ध चलेको थियो। राजुले कम्प्युटरबाट चिटिंग गरेर शरीरको पछाडीको भाग नांगो देखाइदिएपछि पुजनाले चित्त दुखाएकी थिइन्। उनले फिल्मको पोष्टरमा राखिएको न्युड तस्बिर आफ्नो नभएको स्पष्टीकरण पनि दिनुपर्यो तर उनले हट बेडसिन दिएको भिडियो मिडियामा सार्वजनिक भएपछि भने उनी चुप बसेकी थिइन्। सिनेमाको प्रमोशनमा पनि हिडिनन्। फिल्म रिलिज भएपछि उनको चौतर्फी आलोचना भयो। जसका कारण उनी करिब डेढ वर्ष गुमनाम जस्तै बनिन्। तर अहिले फेरि राजुको फिल्ममै काम गर्न राजी भएकी छिन्। राजुले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘युवराज’मा उनि अनुबन्ध भएकी छिन्।
राजुको फिल्म खेल्न राजी भएपछि कतिपयले पु्जनाको रिस मरेको भन्दै ठट्टा गरिरहेका छन् भने कोही फिल्म नपाएको परिणाम भनिरहेका छन्। तर पुजनाले केही बोलेकी छैनन्। यो फिल्मको कारण पनि निर्देशकसँग उनको पुन: झगडा पर्छ कि पर्दैन् ? हेर्न बाँकि नै छ।

