राहदानीमा छल्कियो रिमाको जवानी (भिडियोसहित)


rima-bishwokarma-fetaured-in-nepali-movie-rahadani-item-song

Model and Actress Reema Bishwokarma Featured in Item Song of Nepali Movie Rahadani

ग्ल्यामर नेपाल, काठमाडौं । डब्बु क्षेत्री निर्देशित फिल्म ‘राहदानी’को आइटम गीत रिलिज गरिएको छ। ‘गुन्यु चोली छाडें मैले, मिनिस्कर्ट लाएँ’ बोलको गीतमा रिमा विश्वकर्माले कम्मर मर्काएकी छन्। दिया मास्केले अन्तिम समयमा अस्विकार गरेपछि यो गीत रिमाको पोल्टामा परेको थियो। निर्देशक क्षेत्रीकै शब्द रहेको गीत चेतन सापकोटाको संगीतमा दुर्गा खरेलले गाएकी हुन्। रिमालाई कोरियोग्राफर राजु शाहले नचाएका हुन्।
Enjoy The Video !
rima-biswokarma-hot-item-dance
ओस्कार कलेज अफ फिल्म स्टडिजबाट चलचित्र लेखन निर्देशनमा स्नातक गरेका क्षेत्रीले यो चलचित्रमाफर्त वैदेशिक रोजगारीमा जाने व्यक्ती र उसको परिवारको पिडालाई उतार्ने प्रयास गरेका छन्। लक्ष्मीप्रसाद ढकालको प्रस्तुती रहने यस चलचित्रमा दयाहाङ राई, अशोक रिजाल, विनिता घिमिरे, सिर्जना सुब्बा लगायतको अभिनय रहेको छ। यसै चलचित्रबाट नवीन लम्साल, ज्योति कार्की, आयुष्मा श्रेष्ठ र तेन्जिङ शेर्पाले आफ्नो सिने यात्रा थालनी गर्दैछन्। चलचित्रमा चेतन सापकोटासँगै बसन्त सापकोटा र जुगल डंगोलको संगीत एवं गोविन्द कुसुम, चण्डिराज श्रेष्ठ, अनुपकुमार बराल र डब्बु क्षेत्रीको गीत रहेको छ। फिल्मको रिलिज डेट सार्वजनिक गरिएको छैन्।

SUBSCRIBE 👉