गिरानचौरमा धुर्मुस सुन्तलीलाई नेपाल स्काउटले यसरि दिदैछ साथ


सिताराम कट्टेल र कुन्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले भूकम्प प्रभावित विभिन्न वस्तीहरुमा एकीकृत नमूना वस्ती निर्माण कार्य गर्दै आएको छ। अहिले यो फाउन्डेसनले सिन्धुपाल्चोक स्थित गिरानचौरमा ६५ वटा घर निर्माण गरिरहेको छ। यस अभियानमा अन्य सामाजिक संस्था देखि लिएर व्यक्तिहरुले समेत यस कार्यमा साथ दिंदै आएका छन्।

Nepal-Scout

भूकम्प लगतै उद्दार र राहतमा खटिएको नेपाल स्काउटको एक टोली यतिबेला त्यस ठाउँमा श्रमदान गर्न पुगेको छ। स्काउट लिडर राजिव खत्रीको नेतृत्वमा २५ जनाको टोली एकिकृत नमुना बस्ति निर्माणका लागी उक्त स्थानमा पुगेका हो। नेपाल स्काउटका ६ वटा क्र्यूका रोभर रेन्जर स्काउटले श्रमदान गरिरहेका छन्।

करिब १० दिनका लागी भनेर गएका कुमारीगाल स्काउट ओपन युनिट, मछिन्द्र क्र्यू, नोदन क्र्यू, सचेतना स्काउट क्र्यू, नेसनल ओपन क्र्यू, गोकर्णेश्वर ओपन स्काउट क्र्यूका सदस्यहरुले बिहान देखि साँझ सम्म श्रमदान गरिरहेका छन्।

दशैँको घटस्थापनासम्ममा हस्तान्तरण गरिने योजनाले अगाडी बढेको उक्त परियोजनाबाट करिब ६५ परिवारका ४०० जना लाभान्वित हुने छन्। उक्त स्थानमा बस्ने बासिन्दाका लागी केवल बस्ने बास मात्र नभएर बाटो, खानेपानी र विजुलीको पनि राम्रो ब्यवस्था गराउने फाउन्डेसनका परियोजना संयोजक अर्जुन न्यौपाने बताए।

SUBSCRIBE 👉