नायिका र निर्देशकको खटपट, असार २७ मा ‘नागबेली’


harshika-shrestha-and-sraj-garach

ग्ल्यामर नेपाल, काठमाडौं । समिक्षक दिपेन्द्र लामाले लेखेको पहिलो फिल्म ‘नागबेली’ असार २७ गते रिलिज हुने भएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण युनिटले रिलिज डेट तय गरेको हो। गोविन्द राईको निर्देशन भएको फिल्मले काठमाडौंमा संघर्षरत चार युवाको कथा भन्छ।

कार्यक्रममा निर्देशक राईले ‘नागबेली’ सन्देशमुलक रहेको बताए। आफ्नो फिल्म राष्ट्रप्रति समर्पित गर्दै उनले राज्य सञ्चालन गर्नेलाई फिल्मबाट ठूलो पाठ मिल्ने दाबी गरे। निर्देशकले फिल्म देशलाई समर्पित गरिरहेका बेला लेखक लामाले ठट्यौली पारामा पेटका लागी फिल्म लेखेको बताएका थिए। फिल्म समिक्षामा ठूलो नाम कमाएका लामाको लेखन भएकोले पनि यो निकै प्रतिक्षित बनेको छ।

WATCH Trailer of Nepali Movie Nagbeli
nagbeli-trailer

‘नागबेली’मा दयाहाङ राई, यशराज गराच, विक्की मल्ल, सम्भव श्रेष्ठको मुख्य भूमिका रहेको छ। ‘तान्द्रो’को सुटिङका लागि लमजुङ पुगेकोले दयाहाङ कार्यक्रममा सहभागी हुन पाएनन्। बाँकी तीन नायकले फिल्म उत्कृष्ट बनेकोले हलसम्म गएर हेरिदिन सबैलाई आग्रह गरे। फिल्मकी दुई नायिकामध्ये हर्षिका श्रेष्ठ कार्यक्रम स्थलमा निक्कै ढिला पुगिन् भने अर्की नायिका सुरभी जैन सहभागी नै भइनन्। निर्देशक राईसँग खटपट परेकोले उनी अनुपस्थित भएको बताइएको छ। रामशरण उप्रेतीले खिचेको ‘नागबेली’मा रोमियन लिम्बुको लगानी रहेको छ।

VIEW PHOTO GALLERY OF Nepali Movie Nagbeli Press Meet

SUBSCRIBE 👉