उपन्यास लेखिका बनेर आईन अभिनेत्री विनिता बराल


नेपाली चलचित्र ‘चपली हाइट’बाट एका-एक चर्चामा आएकी मोडल तथा अभिनेत्री बिनिता बराल यतिबेला लेखिका बनेकी छिन्। उनले लेखेको ‘जुइनो’ नामक पहिलो उपन्यासको राजधानीमा एक समारोह बीच बिमोचन गरिएको छ।

Binita Baral and Reecha Sharma during the event of Actress Binita Baral's Novel JUINO Launching

Binita Baral and Reecha Sharma during the event of Actress Binita Baral’s Novel JUINO Launching

अभिनेत्री तथा लेखिका बिनिता बराल र अभिनेत्री ऋचा शर्माले संयुक्त रुपमा उपन्यासको बिमोचन गरे। उपन्यास बिमोचन गर्नु अघि ऋचाले बिनितालाई उपन्यासका बारेमा विभिन्न प्रश्नहरु सोधेकी थीइन।

Binita Baral and Reecha Sharma Revealing the novel JUINO

Binita Baral and Reecha Sharma Revealing the novel JUINO

अभिनयबाट टाढीदै कृषी व्यवसायमा लागेकी बिनिताले खेती-किसानीकै कथावस्तुमा लेखेको उपन्यास ‘जुइनो’ पाठकमाझ ल्याएकी हुन्। उपन्यास बिमोचन कार्यक्रममा अधिकांश समय उनले कृषि कर्मकै कुरा गरिन्। बिनिताले करिब ६ महिना लगाएर उपन्यासको ड्राफ्ट तयार पारेको र डेढ वर्षको समय लगाएर उपन्यास तयार पारेको बताईन।

विनिताले चलचित्रमा काम गर्दाको अनुभव-प्रभावहरु पनि उपन्यासमा मिसिएको हुनाले जुईनो पढिरहँदा पाठकले पनि चलचित्र जस्तै चित्रहरुको फ़िलिङ्ग गर्ने बताइन्। कृषि क्षेत्रमा काम गर्दा कथा नामकी पात्रले बुनेका सपनाहरु नै उपन्यास भित्रका मुख्य पाटो हुन्, पाठकलाई रोचक बनाउन कथा र अर्को पात्र अशोक बीचको प्रेम सम्बन्धलाई पनि रोमान्चक तरिकाले प्रस्तुत गरिएको लेखिका बरालले जानकारी दिइन्।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉